नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको सख्ंया ४ हजार नाघ्यो

  • २७ जेष्ठ २०७७, मंगलवार
  • 918 पटक पढिएको

काठमाडौं २७ जेठ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् ।

CoronavirusFAQOpener

मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३ थप संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल संक्रमितको संख्या ४०८५ पुगेको छ ।

यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । अहिलेसम्म कोरोनाको उपचार गराएर ५८४ जना डिस्चार्ज भएको पनि गौतमले जानकारी दिए ।