एकैदिन३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो

  • २६ जेष्ठ २०७७, सोमबार
  • 1096 पटक पढिएको

काठमाडौं २६ जेठ । नेपालमा सोमबार थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको नियमित प्रेस व्रिफिङमा बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै

CoronavirusFAQOpener

कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताए । हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।

सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टिनमा रहेका छन भने आइसोलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् । यसैबीच कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । प्रवक्ता गौतमले स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएको बताए । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।