दलित युवा सञ्जालको अध्यक्षमा किसान विश्वकर्मा

  • २५ जेष्ठ २०७७, आईतवार
  • 1627 पटक पढिएको

म्याग्दी २५ जेठ । म्याग्दीमा दलितहरु माथि हुने विभेदको न्युनिकरण गर्न तथा दलित आन्दोलनलाई शसत्त रुपमा सञ्चालन गर्न का लागि दलित युवा सञ्जाल पुर्नगठन गरिएको छ ।

 

किसान विश्वकर्माको संयोजकत्वमा गठित समीतीको सदस्यमा भोजबहादुर थापा किसान, कुमार किसान, विरेन्द्र साहि किसान, मिना किसान, राजकुमार परियार, याम विश्वकर्मा, अमित विश्वकर्मा, पदम विश्वकर्मा, अभिषेक किसान र सुबाश खाति रहेको समितीका सदस्य कुमार किसानले जानकारी दिनुभयो ।

समीतीले दलितहरुले खेप्नु परेको पिडा, दलित लाई गरिने विभेद, अन्याय, अत्याचारको विरुधमा जिल्लामा भित्र कृयाशिल भएर काम गर्ने पतिबद्दता जनाएको छ । दलित युवा सञ्जालका केन्द्रीय अध्यक्ष पुस्कर विश्वकर्मा उपस्थितीमा गठित सञ्जालको सल्लाहकारमा लालु किसान, सुभाव विश्वकर्मा, मनकुमारी विश्वकर्मा, र याम किसानलाई चयन गरिएको समितीले जनाएको छ ।