आइतवार थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

  • २५ जेष्ठ २०७७, आईतवार
  • 809 पटक पढिएको

काठमाडौं २५ जेठ । आइतवार नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवारको आइतबारको नियमिति प्रेस ब्रिफिङमा सो जानकारी गराएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २०९ जना पु्रुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । हालसम्म देशभर कुल संक्रमितको संख्या ३४४८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए ।