दुर्गेशको पुतली रविना बनेपछी….. (भिडियो सहित)

  • २३ जेष्ठ २०७७, शुक्रबार
  • 1998 पटक पढिएको

म्याग्दी २३ जेठ । चर्चित मोडल दुर्गेश थापाको पुतली मोडल रविना भण्डारी बनेकी छिन् । वास्तविक जिवनमा नभएर एक लोकदोहोरी गीतको म्युजिक भिडियोमा चर्चित मोडल थापाले भण्डारीलाई पुतली बनाएका हुन् । शुक्रवार युटुब च्यानल मार्फत बजारमा ल्याईएको म्याुजिक भिडियो ‘पुतली’मा म्याग्देली चर्चित मोडल भण्डारी र बागलुङका थापाको अभिनय रहेको छ ।

चर्चित कलाकार देवी घर्ति र विक्रम परियारको स्वर रहेको सो गीतमा केशब पौडेलको लय शब्द र शिब हमालको संगीत रहेको छ । देविन्द्र कुँभवरको निर्देशन र टेकेन्द्र शाहको सम्पादनमा तयार गरिएको म्युजिक भिडियोमा मायाँ प्रेमको सम्बन्धलाई देखाउन खोजिएको छ ।