बरङ्जामा सकियो धुले पर्ब,पुजा मात्र गरियो

  • २२ जेष्ठ २०७७, बिहीबार
  • 2120 पटक पढिएको

दर्पण रोका मगर/

म्याग्दी २२ जेठ । म्याग्दी जिल्लाको बरङ्जा गाउ जहा अधिकाङ्श मगर जातिको बसोबास रहेको छ,जहा आफ्नै भाषा छ आफ्नै सस्कृती छ।त्यहाका मानिस हरुको अन्य ठाउको भन्दा फरक रितिरिवाजमा रमाउने गर्दछन। यति बेला बिश्व कोरोनाको महामारीको रुपमा रहेका कारण यस बर्ष भने धुमधामको साथमा मनाउन सकेनन।

उनिहरुले मान्ने बिभिन्न पर्ब हरु मध्य धुले पर्ब बिशेष रहने गर्दछ हरेक बर्षको जेठको अन्तिम मङ्गलबार बाट सुरु हुने यो पर्ब यसपाली भने सामान्य ढङ्ग बाट मनाईएको स्थानिय सरोकारवाला हरुको भनाई छ। यो पर्ब नमानेमा कोटमा पुजा नगरेमा अनिष्ट हुने,महामारी फैलने खेतिपातिमा धेरै असर गर्ने र पुजा गरेमा सबै खाले अनिष्ट नहुने र गाउको सुरक्षाको लागी शान्तिको लागी यो पर्ब मनाईदै आएको छ।

जेठको अन्तिम मङ्गलबार खोला खेल्न गैइन्छ र गगटो माछा निउरो जस्ता चिजहरु लिएर मिठा परिकार सहित मरेका आत्मा हरुको सम्झनामा पित्री चढाईने गरिन्छ,त्यस्तै बुधबार बिहे नभएका युवा हरु रागो भएर पर्याङ्ग हाल्ने चलन छ,मह काढ्ने रागो हुने र भाउजु शाली हरु सङ्ग गिज्जिने चलन छ,धुले गित गाउने नाच्ने र रात भर दोहोरी खेल्ने चलन छ,बिहिबारको दिन होरे खेल्ने कोटमा पुजा गर्ने,छ्याङ्ग खाने धुले गित गाउने कोट घुम्ने र रमाईलो गरि मनाउने चलन रहेको छ यसरी बरङ्जामा ३ दिन धुले पर्ब धुमधाम मनाउने चलन रहेको छ।फोटाे-दोर्जे मगर