आज २०१ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

  • २१ जेष्ठ २०७७, बुधबार
  • 1080 पटक पढिएको

काठमाण्डौ २१ जेठ ।  बुधवार नेपालमा नेपालमा २०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कुल २३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी गराएका हुन् ।


यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । बुधबारसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । यस्तै हालसम्म ९ जनाको मृत्यु भएको छ । बुधबार नै दोलखाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको हो ।