नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो

  • २० जेष्ठ २०७७, मंगलवार
  • 928 पटक पढिएको

काठमाडौं २० जेठ । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।


सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।