जन्मदिनको अवसरमा भण्डारीद्धारा बृद्धाआश्रमलाई सहयोग

  • १५ जेष्ठ २०७७, बिहीबार
  • 973 पटक पढिएको

म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ घर र हाल बेनी पिपलचोकमा बर्दश फुड स्टेसन रेष्टुरेन्ट संचालन गर्नुभएका इश्वर भण्डारीले आफ्नो जन्मदिनको अवसरमा गलेश्वरमा रहेको बृद्धाआश्रमलाई सहयोग गुर्नुभएको छ ।

२२ औ जन्मउत्सवको अवसरमा आश्रमलाई ६ हजार बराबरको खाद्धान्न गलेश्वरमा नै पुगेर भण्डारीले गलेस्वर अन्नक्षेत्र आश्रमका कार्यालय सचिव माधव रिजाललाई उक्त सहयोग हस्तातरण गुर्नभएको हो ।

पछिल्लो समयमा जन्मदिनमा भोज भतेर, पार्टी गरेर फजुल खर्च गर्ने बढीरहेको बेलामा आफ्नो जन्मदिनमा हुने खर्च कटौती गरि विश्वभर माहामारी फैलिएको बेलामा आश्रमलाई केही भएपनी सहयोग होस भनेर सहयोग गरेको भण्डारीले बताउनुभयो । गलेश्वरमा अहिले करिब ५० जना बृद्धाबृद्ध रहेका छन् ।