बागलुङको तमान र बडिगाडका ६ जनामा कोरोना संक्रमण पुष्टि

  • १४ जेष्ठ २०७७, बुधबार
  • 1325 पटक पढिएको

बागलुङ १३ जेठ । बागलुङमा फेरी ६ जनामा कोरोना संक्रमण देखिएको छ । पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको धनगौ ज्योति मावि क्वारेन्टिनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार संक्रमित सबै पुरुष रहेका छन् । संक्रमण देखिएका सबै भारतबाट उद्धार गरिएका हुन् । संक्रमित सबैलाई उपचारको लागि धौलागिरी अस्पताल पठाउने तयारी भइरहेको छ ।

चैत्र दोस्रो साता बागलुङमा बागलुङ नगरपालिका ४ कि १९ बर्षीय अशुं सापकोटा र ३ कि ६५ बर्षीया मनकुमारी शर्मालाई कोरोना संक्रमण भएको थियो । उनीहरु दुवै जना निको भएर घर फर्किसकेका छन् ।