थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्ंया ७७२ पुग्यो

  • १३ जेष्ठ २०७७, मंगलवार
  • 971 पटक पढिएको

काठमाण्डौ १३ जेठ । नेपालमा कोरोना संक्रमितको सख्ंया ७७२ पुगेको छ । मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिनुभयो ।

नेपालमा अहिले संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयले १५५ जना स्वास्थ्योपचार पछि निको भएको पनि जनाएको छ ।