नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६८२ पुग्यो, ४ को मृत्यु

  • १२ जेष्ठ २०७७, सोमबार
  • 942 पटक पढिएको

Uकाठमाडौं १२ जेठ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

CoronavirusFAQOpener

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् । योसँगै नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।

यसअघि सिन्धुपाल्चोकका एक, बाँकेका १ र गुल्मीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । रातोपाटीबाट साभार