मंगला गाउँपालिकामा विरामीको औषधी घरघरमै

  • १२ जेष्ठ २०७७, सोमबार
  • 2232 पटक पढिएको

बेनी १२ जेठ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण नियमित औषधी सेवन गर्ने विरामीहरु समस्यामा परिरहेको सन्दर्भमा म्याग्दीको मंगला गाउँपालिकाले भने विरामीको घरघरमै औषधी पु¥याएको छ । दिर्घ रोगका विरामीहरुले नियमित रुपमा सेवन गर्ने औषधी खरिद गर्न बजार सम्म जान लकडाउनको कारण समस्या हुने भएपछि गाउँपालिकाले स्वयमसेवक नै परिचालन गरेर घरघरमा औषधी पु¥याउँदै आएको हो ।


लकडाउन लगतै नियमित औषधी सेवन गर्ने विरामीहरु समस्यामा परेपछि गाउँपालिकाले घरघरमा औषधी पु¥याउने अभियानको थालनी गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । मुटु, प्रेसर, सुगर जस्ता रोगका बिरामीहरुको औषधी पु¥याउन बाबियाचौरका बिनोद खत्रीलाई स्वमसेवक तोकिएको छ । खत्रीले विरामी र उनीहरुका आफन्तले माग गर्ने औषधी सदरमुकाम बेनीमा आएर घरघरमा पु¥याउँदै आउनुभएको छ । अहिलेसम्म करिब ४ सय जनालाई घरघरमै औषधी उपलब्ध गराईएको स्वयमसेवक खत्रीले जानकारी दिनुभयो । ‘‘ स्थानीय स्वास्थ्य संस्थामा उपलब्ध नहुने औषधी बेनीबाट ल्याउने गरिएको छ, घरघरमा पुगेर औषधी उपलब्ध गराउँदा विरामीहरुको मुहारमा खुसी देख्दा आनन्द महसुस हुन्छ’’–स्वयमसेवक खत्रीले भन्नुभयो ।

लकडाउनका कारण सार्वजनिक यातायातका साधन नचल्ने हुँदा बिरामीले नियमित सेवन गर्ने औषधी नछुटोस भनेर गाउँपालिकाले स्वमसेवकको व्यवस्था गरेर घरमै औषधी उपलब्ध गराएको हो । बिरामी वा आफन्तले खत्रीको ९८४७७७२२०५  नम्बरको मोवाइलमा सम्पर्क गरेर आफूले सेवन गर्ने औषधीको नाम टिपाउने गर्छन् । सामाजिक सञ्जालको पहुँचमा भएकाले तस्बिर खिचेर पठाउँछन् । सोही आधारमा केसीले सदरमुकाम बेनी र बाबियाचौरको औषधी पसलबाट खरिद गरेर उनिहरुको घरमै पुराउने गर्नुभएको छ । गाउँपालिकाले लकडाउनलाई प्रभाबकारी बनाउन हरेक वडामा एक÷ एक जना स्वयमसेवक परिचालन गरेको छ भने अर्मनको किमचौर र बागलुङको ताराखोलाको सिमानामा प्रहरी सहित दुई जना स्वयमसेवक परिचालन गरी आवत जावतमा कडाई गरिएको छ ।