बेनी नगरपालीकाका जनप्रतिनिधीहरुद्धारा सपथ ग्रहण

  • ५ जेष्ठ २०७४, शुक्रबार
  • 1639 पटक पढिएको

म्याग्दी, ५ जेठ । बेनी नगरपालीकाको नवचिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधिश रामप्रसाद शर्माले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायत सुरक्षा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र वडा अध्यक्षहरु क्रमश टेकबहादुर रावल, हिराबहादुर थापा, पदम पुन, गोविन्द पौडेल, लक्ष्मण बानिया, कृष्ण बानिया, राजेन्द्र श्रेष्ठ, रामकृष्ण बराईली, बेलबहादुर चोखाल र रिमप्रकाश रोकाले सपथ ग्रहण गर्नुभएको थियो ।     सपथ ग्रहण लगत्तै नगरप्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सञ्जु बरुवालले शुक्रबारनै पदभार ग्रहण गर्नुभएको छ । पहिलो नगरप्रमुख र उपप्रमुखद्धयलाई कर्मचारीहरुले स्वागत गरेका थिए । नगरप्रमुख श्रेष्ठले पदबाहलीपछि दुई वटा निर्णय गर्नुभएको छ ।

नगरपालीकाद्धारा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि मासिक रुपमा अनुगमन र साप्ताहीक रुपमा कार्यालय परिसर सरसफाई गर्ने निर्णय गर्नुभएको हो । निमित्त कार्यकारी अधिकृत बिमलरञ्जन कार्कीले निर्णयका लागि पेश गर्नुभएको प्रस्ताव नगरप्रमुख श्रेष्ठले सदर गर्नुभएको थियो । पदभार ग्रहण गरेपछि श्रेष्ठले सेवाग्राहीले राहत महशुस गर्नेरी सहज र छिटो छरिटो रुपमा सेवा प्रवाह हुने वातावरण बनाउन कर्मचारीहरुसंग आग्रह गर्नुभयो ।
नगरपालीकाभित्र विद्युत, खानेपानी, सडक, सञ्चार लगायत आधारभुत सुबिधाको पहुँच पु¥याउन प्राथमीकता दिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । बेनीलाई समृद्ध र नमुना नगरपालीका बनाउन पहिलो चरणमा वडाको आवश्यकता र समस्या पहिचान गरी समाधानका लागि अघि बढ्न वार्षिक र पञ्चवर्षिय कार्यायोजना बनाउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उपमेयर सञ्जु बरुवालले बेनी नगरपालीकाका सबै बस्तीहरुलाई चक्रपथले जोड्ने योजना अघि बढाउने बताउनुभयो । सामाजिक चेतनाको विकाससंगै सडक स्तरवृद्धी र चक्रपथ निर्माणको योजनालाई अघि बढाउन आफूले प्राथमिकता दिने बताउनुभयो । कार्यालयका असिस्टेन्ट सब ईञ्जिनियर बिष्णु पौड्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा ईञ्जिनिर बिमलरञ्जन कार्कीले स्वागतका साथै बस्तुअवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।