लायन्स क्लब बेनी पिस सिटीको अनलाइनबाट अधिवेशन गरि नयाँ नेतृत्व चयन, अध्यक्षमा थापा
- १६ बैशाख २०७७, मंगलवार
- 1541 पटक पढिएको
म्याग्दी १६ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यहाँको एक सामाजिक संस्थाले अनलाइन मार्फत अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी पिस सिटीले मंगलवार भिडियो कन्फेन्सको माध्ययमबाट अनलाइनबाटै पाँचौ अधिवेशन सम्पन्न गरेको हो ।
सन २०२० / २०२१ का लागि भएको अधिवेशनबाट खम थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । नरेश श्रेष्ठ निवर्तमान अध्यक्ष रहनुभएको क्लबको प्रथम उपाध्यक्षमा सुवर्ण रिजाल, दितिय उपाध्यक्षमा भोजबहादुर रिजाल, तृतिय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, सचिबमा सन्दिप खत्रि, कोषाध्यक्षमा नन्दकुमार पाईजा चयन हुनुभएको छ ।
त्यसैगरि सदस्यता बृद्धि संयोजक सचिन शाक्य, एलसीआएफ संयोजक बामदेव रिजाल, मार्केटिङ कम्युनिकेसन चेयर पर्सन दिपक श्रेष्ठ, पब्लिक रिलेसनसिप डाइरेक्टरमा हरिकृष्ण गौतम, हेल्थ डाइरेक्टरमा दुर्गा बुढा, एजुकेशन डाइरेक्टरमा जेनिस श्रेष्ठ, स्र्पोट्स डाइरेक्टरमा देवेन्द्र फगामी लगायत चयन हुनुभएको छ ।
भिडियो कन्फेन्समा क्लबका निवर्तमान अध्यक्ष नरेश श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो भने जोन चियर पर्सन लोकेश पुन मगरलाई प्रमुख आतित्यथा ग्रहण गराइएको थियो । लकडाउनको कारण एउटै ठाउँमा जम्मा भएर कार्यक्रम गर्न सम्भव नभएपछि अनलाईन मार्फत अधिवेशन गरी नेतृत्व चयनको प्रकृयालाई पूर्णता दिईएको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष थापाले क्लबललाई मानविय सेवाको क्षेत्रमा थप क्रियाशिल बनाउनको लागि आफु लागिपर्ने भिडियो कन्फ्रेन्समा प्रतिबद्धता जनाउनुभएको थियो । म्याग्दी जेसिजको निवर्तमान अध्यक्ष समेत रहनुभएका क्लबका नवनिर्वाचित अध्यक्ष थापा सामाजिक कार्यहरुमा क्रियाशिल हुनुहुन्छ ।
Congratulation!