दरबाङमा १९ जनामा कोरोनाको ¥यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ
- ३० चैत्र २०७६, आईतवार
- 1761 पटक पढिएको
म्याग्दी ३० चैत । म्याग्दीमा सुरु गरिएको कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) आइतवार दरबाङमा गरिएको छ । जिल्लाको मालिका र धवलागिरि गाउँपालिकालाई लक्षित गरि दरबाङमा गरिएको ¥यापिड टेष्टमा १९ जनाको परिक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले प्रवासबाट पछिल्लो एक महिना यता नेपाल आएकाहरुको धमाधम ¥यापिड टेष्ट गर्न लागिएको हो । मालिकाका १२ र धवलागिरीका ७ जनाको ¥यापिड टेष्ट गरिएको कोरोना रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।
उनीहरुमध्ये १ जनाको नमुनाको रुपमा स्वाब परिक्षणको लागि नमुना संकलन समेत गरिएको छ । क्रमिक रुपमा मंगला, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा समेत ¥यापिड टेष्ट गरिने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
शनिवार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरि गरिएको ¥यापिड टेष्ट अभियानमा ३३ जनाको कोरोना परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको थियो । ¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि मन्त्रालयको कार्यविधि बमोजिम नमुनाको रुपमा बेनीबाट शनिवार पठाईएको ६ जनाको स्वाब परिक्षणको रिपोर्ट समेत नेगेटिभ आएको छ ।