म्याग्दीमा कोरोनाको ¥यापिड टेष्ट सुरु, पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ (भिडियो सहित)
- २९ चैत्र २०७६, शनिबार
- 1898 पटक पढिएको
कमल खत्री
म्याग्दी २९ चैत । म्याग्दीमा कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) सुरु गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले पहिलो चरणमा प्रवासबाट आएकाहरुमा कोरोनाको ¥यापिड टेष्ट सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिवार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरि गरिएको ¥यापिड टेष्ट अभियानमा ३३ जनाको कोरोना परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।
जिल्लाको मालिका, धवलागिरी मंगला, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा समेत प्रवासबाट आएकाहरुलाई लक्षित गरि क्रमिक रुपमा ¥यापिड टेष्ट गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । ¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि मन्त्रालयको कार्यविधि बमोजिम नमुनाको रुपमा ६ जनाको स्वाब परिक्षणको लागि गण्डकी प्रदेश सरकार मातहतको परिक्षण केन्द्रमा पठाईएको छ । बेनीमा चैत यता आएकाहरुलाई १४ दिन नपुगेसम्मको लागि क्वारेनटाइनमा समेत राखिएको थियो । क्वारेनटाइनमा बसेकाहरुमा स्वास्थ्य समस्या नदेखिएपनि सम्भावित जोखिमलाई आंकलन गरि ढुक्क हुनको लागि ¥यापिड टेष्ट गरि कोरोना नियन्त्रण तथा रोकथाम कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।
म्याग्दीमा बिगत एक महिनामा प्रवासबाट करिब १४० जना भित्रिएको तथ्यांक संकलन भएको छ । मन्त्रालय मार्फत किट आएपछि बेनी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुको टोली मार्फत ¥यापिड टेष्ट सुरु गरिएको हो । गण्डकी प्रदेश सरकारले बिगत १ महिनायता नेपाल आएको प्रदेशभित्रका ३ हजार ७५० जनाकै ¥यापिड टेष्ट गर्ने तयारी गरेको छ ।
¥यापिड टेष्टमा पोजेटिभ देखिएको अवस्थामा पुन परिक्षणका लागि ल्यावमा पठाइनेछ । ¥यापिड टेष्टबाट १५ मिनेटमै कोरोना भाइरसको परिक्षण गर्न सकिने भएकाले छोटो अबधिमै धेरै जनामा परिक्षण गरि जोखिमलाई न्युनीकरण गराउन सहयोग पुग्ने विश्वास लिईएको छ । म्याग्दीमा अहिलेसम्म कसैमा पनि कोरोनाको संक्रमण भएको छैन् । यस अघि बेनी अस्पतालबाट ४ जनाको स्वाब परिक्षणको लागि पठाइएको भएपनि सबै जनाको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।