म्याग्दी चेम्बर अफ कमर्शद्धारा १ हजार थान मास्क वितरण

  • २२ चैत्र २०७६, शनिबार
  • 1254 पटक पढिएको

म्याग्दी, २२ चैत । उद्योगी व्यवसायिहरुको संस्था म्याग्दी चेम्बर अफ कमर्शले म्याग्दीमा एक हजार मास्क वितरण गरेको छ । कोरोना भइरस (कोभिड १९ )को रोकथाम र सर्तकता अपनाउनका लागि चेम्बरले जिल्लाका ६ स्थानीय तह , बेनी अस्पताल र छिमेकि जिल्ला पर्वतको जलजला गाउँपालिकामा गरि एक हजार सर्जिकल मास्क वितरण गरिएको अध्यक्ष भरत बहादुर रकालले जानकारी दिए ।

चेम्बरको केन्द्रीय समिति र रेडियो म्याग्दीको सहयोगमा उक्त मास्क वितरण गरिएको हो । चेम्बरले आफै मास्क उत्पादन गरि म्याग्दी सहित आफ्नो समिति रहेको नेपालको ७७ वटै जिल्लामा मास्क वितरण गरेको रकालले बताए । कोरोनाको अबस्था यथावत रहेर मुलुकमा थप लकडाउनको समय थपिने अबस्था आएमा चेम्बरले थप मास्क उत्पादन गरेर वितरण गर्ने जनाएको छ ।