रघुगंगा गाउँपालिका–२ भगवतीमा सर्वदलिय टोलीद्धारा राहत वितरण गरिने

  • २१ चैत्र २०७६, शुक्रबार
  • 1858 पटक पढिएको

म्याग्दी २१ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन घोषणा गरिएको लकडाउनको कारण प्रभावित बनेका गरिब विपन्नहरुलाई राहत वितरण गर्न रघुगंगा गाउँपालिका–२ भगवतीमा सर्वदलिय/ सर्वपक्षिय समिति गठन गरिएको छ । राहतलाई एकद्धार प्रणालीबाट वितरण गर्न र पत्येक्ष पिडितलाई राहत दिनको लागि सर्वदलिय सर्वपक्षिय बैठकबाट वडा अध्यक्ष रिमबहादुर कटुवालको अध्यक्षतामा विपन्नलाई राहत खरिद र  वितरणको लागि समिति गठन गरिएको हो । समितिमा जनप्रतिनिधि सहित स्थानीय रुपमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुलाई समेत समावेश गरिएको छ ।

जनप्रतिनिधिको मात्रै सहभागीतामा नभएर स्थानीय राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरुको समेत सहभागीतामा पाउनैपर्ने व्यक्तिहरुलाई राहत दिनको लागि सर्वदलिय प्रद्धतीलाई अपनाईएको वडा अध्यक्ष कटुवालले बताउनुभयो । समितिको सदस्यहरुमा झलकनाथ शर्मा, नरसिंहबहादुर खत्री, भिमबहादुर खत्री, नरबहादुर भण्डारी, चेतनाथ सुवेदी, बिष्णुकुमारी भण्डारी, रसिला परियार, हरि भण्डारी, शिबध्वज कार्की, धनकुमारी कार्की रहनुभएको छ ।

बैठकले पहिलो चरणमा राहत वितरण गर्दा गरिब तथा विपन्न परिवारका अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिने निर्णय समेत गरेका छन् । त्यसैगरि आ–आफ्नो टोललाई फोहोर रहित बनाउनको नियमित रुपमा सरसफाईमा ध्यान दिन अनुरोध गर्ने र आफ्नो फोहोरलाई व्यवस्थापन नगरे कारबाही समेत गर्ने निर्णय भएको वडा कार्यालयले जनाएको छ ।