लायन्स क्लबद्धारा स्वास्थ्य संस्थाहरुको लागि पिपीइ सहयोग (तस्बिर सहित)

  • २१ चैत्र २०७६, शुक्रबार
  • कमल खत्री
  • 1425 पटक पढिएको

म्याग्दी २१ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्नको लागि लायन्स क्लब्स अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालले म्याग्दीका स्वास्थ्यकर्मीहरुको लागी ब्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरेको छ । म्याग्दीमा रहेका लायन्स क्लबहरुको समन्वयमा क्लबले म्याग्दीको बेनी अस्पतालको लागि १९ थान र पर्वतको जलजला गाउँपालिकाको लागि १ थान पिपीइ सहयोग गरेको हो ।

त्यसैगरि लायन्स क्लबका को चिप एडभाईजर चन्द्रकुमार केसीले व्यक्तिगत रुपमा ८ थान पिपीइ सहयोग गर्नुभएको छ । केसीले जलजला गाउँपालिकालाई २ थान र म्याग्दीको सबै स्थानीय तहलाई १/१ थान पिपीइ सहयोग गर्नुभएको हो । सो कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ मोना हङकङको तर्फबाट बेनी अस्पतालाई १५ थान र म्याग्दीका अन्य ५ वटा गाउँपालिको लागि २/२ थान गरि कुल २५ थान पिपीइ उपलब्ध गराईएको थियो ।

 

 

लायन्स क्लबको अगुवाईमा म्याग्दीको बेनी अस्पताललाई ३५ थान र म्याग्दीको रघुगंगा, अन्नपूर्ण, मंगला, मालिका , धवलागिरि र पर्वतको जलजला गाउँपालिकालाई ३/३ थान पिपीइ सहयोग गरिएको लायन्स क्लबका डिस्ट्रिक्ट को एडभाइजर सन्तोष रावलले जानकारी दिनुभयो ।

 

कार्यक्रममा लायन्सकर्मीहरुको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत अधिकारी लगायतलाई सामाग्री हस्तान्तरण गरिएको थियो । सो अवसरमा लायन्सकर्मी केसीले जिल्ला प्रहरी कार्यालयको लागि ५ लिटर सेनिटाइजर प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा म्याग्दी र पर्वतको जलजला गाउँपालिकामा रहेका लायन्स क्लबमा आबद्ध लायन्सकर्मीहरुको समेत सहभागीता रहेको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l