घारमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रम, साबुन वितरण

  • १३ चैत्र २०७६, बिहीबार
  • 1467 पटक पढिएको

म्याग्दी, १३ चैत । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ घारमा जनप्रतिनिधिहरुको अगुवाईमा विस्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको नेतृत्वमा वडा सदस्य, स्वास्थ्य चौकीका कर्मचारी, शिक्षक र घार प्रहरी चौकीका टोलीले विभिन्न बस्तिमा पुगेर कोरोना भाइरस विरुद्धको सचेतना मुलक सन्देशहरुलाई माइकीङ गरि जनचेतना अभिबृद्धी गराउने काम गरिएको थियो ।  

टोलीले स्थानीयबासीहरुलाई कोरोना लाग्ने कारण, यसको लक्षण र बच्ने उपायको विषयमा सचेत गराएका थिए । सो अवसरमा वडा अध्यक्ष बरुवालले व्यक्तिगत रुपमा विपन्न ३११ घरधुरीलाई हात धुने सावुन वितरण गर्नुभएको थियो । टोलीले स्थानीयबासीहरुलाई कोरोनाबाट बच्नका लागि घरमै सुरक्षित बस्न आग्रह गरेका थिए । हालै विदेशबाट आएकाहरुलाई घरमै एकान्तबासमा बस्न अनुरोध गरिएको छ ।


विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथामका लागि लकडाउनको कडाइका साथै कार्यान्वयन गराइएको वडा अध्यक्ष बरुवालले बताउनुभयो । सोही वडामा पर्ने पर्यटकीय स्थल घोडेपानी र पुनहिल भ्रमणमा रोक लगाइसकिएको छ ।