बेनीमा काग्रेसकाे विरोध प्रदर्शनः बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई जोगाएको र काँग्रेस नेतालाइ फसाएकाे आरोप

  • २६ माघ २०७६, आईतवार
  • 2267 पटक पढिएको

म्याग्दी, २६ माघ । बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएको  र काग्रेस नेताहरूलाइ फसाइएकाे भन्दै बेनीमा काग्रेसले विरोध प्रर्दशन गरेको छ ।


नेपाला तरुण दल र नेपाल विद्यार्थी संघ जिल्ला समिति म्याग्दीले अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका नेकपा नेताहरूलाई बचाउ गरेको भन्दै बेनीमा विरोध प्रदर्शन  गरेका हुन् । बजार परिक्रमा गर्दै  कोणसभा गरेका थिए ।