क्याम्पस प्रमुखमा गोरख जिसी
- २२ माघ २०७६, बुधबार
- 2449 पटक पढिएको
म्याग्दी, २२ माघ । सदरमुकाम बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसको प्रमुखमा गोरख जिसीले बुधबार पदभार ग्रहण गरेका छन् । क्याम्पस सञ्चालक समितीले क्याम्पस प्रमुखको जिम्मेवारी जिसीलाई गराएको हो ।
क्याम्पस सञ्चालक समितीका अध्यक्ष बालकृष्ण सुबेदीेले जिसीलाई नयाँ नियूक्ति पत्र हस्तान्त्ररण गराएका हुन् । निवर्तमान क्याम्पस प्रमुख टिकाराम सापकोटाको ४ बर्षे कार्यकाल सकिएपछि सञ्चालक समितीले क्यू.ए.ए फोकल पर्सनमा रहेका जिसीलाई प्रध्यापक र सञ्चालक समितीले माघ १० गतेको बैठकबाट क्याम्पस प्रमुख पदमा चयन गरेका थिए ।
पदभार कार्यक्रममा बोल्दै निर्वातमान क्याम्पस प्रमुख सापकोटाले आफ्नो कार्यकाल सफल बनाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । पदभार ग्रहण गर्दै क्याम्पस प्रमुख गोरख बहादुर जिसीले क्यू.ए.ए. प्राप्ती गर्नु भन्दापनि त्यसलाई बचाउनु ठुलोकुरा रहेको भन्दै गुणस्तर सुनिश्चितता गर्ने बताए । जिसी २०५९ साल मंसिर १ गते देखि क्याम्पसमा निरन्तर अध्यापन गराएका छन् ।