वडा कार्यालय र रेडक्रस सोसाइटी भगवती शाखाको संयोजनमा केसीको उपचारमा सहयोग

  • २१ माघ २०७६, मंगलवार
  • 2781 पटक पढिएको

 

म्याग्दी,२१ माघ । रुख ढाल्ने क्रममा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका अमित केसी लगायतको विरामीको उपचारमा वडा कार्यालय र नेपाल रेडक्र सोसाईटी भगवती शाखाले आर्थिक सहयोग गरेको छ । काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराईराखेका केसीलाई उपचारमा धेरै रकम लाग्ने भएपछि स्वदेश तथा विदेशमा नेपालीहरुबाट सहयोग संकलन अभियान चलिरहेका छ ।


सोही क्रममा वडा कार्यालय र नेपाल रेडक्रस सोसाईटी भगवती उपशाखाले अमित केसीको उपचारमा ९३ हजार र राखु भगवती निवासी मानबहादुर खत्रीको उपचारमा २० हजार र अमृता परियारको उपचारमा १५ हजार रपैयाँ आर्थिक सहयोग परिवारको सदस्यलाई हस्तान्तरण गरिएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रिमबहादुर कटुवाल, उपशाखाको सभापति एकेन्द्रबहादुर केसी, तप्तबहादुर थापा लगायतको उपस्थितमा सहयोग हस्तान्तरण गरिएको थियो ।


वडा कार्याल, नेपाल रेडक्रस सोसाईटी भगवती उपशाखा, आमा समुह, ठुलो वन र राखुभगवती बासीबाट संकलन गरिएको रकम विरामीहरुको उपचारमा सहयोग गरिएको वडा अध्यक्ष कटुवालले जानकारी दिए ।
माघ १ गते गाउँमा रुख काट्ने क्रममा घाईते भएका केसीको ढाड र दुवै खुट्टामा गहिरो चोट लागेको छ । गम्भिर घाईते केसीलाई हेलिकप्टरबाट उद्वार गरि काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराउन लगिएको थियो ।


कृषि र सामान्य ब्यापारबाट परिवारको घरखर्च चलाएको अमितको पारिवारको आर्थिक अवस्था कमजोर रहेको छ। उपचारमा निजको आर्थिक अवस्थाले नभ्याउने भएपछि आर्थिक सहयोगका लागि देश विदेशमा रहेका म्याग्दी तथा राखुबासी दाजुभाई दिदिबहिनीलाई सहयोग लागि श्रीमती सुस्मा केसीले अपिल गरेकी छन् ।
सम्पर्क नम्वर चुन कार्की ९८४९२३७९८२,
सुस्मा कार्की ९८४६६२२६३६
ग्लोबल आईएमई बैंकको खातानम्वर ः ३५०७०१०००६९१६ सुन्तली काकी