दरबाङमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

  • २० माघ २०७६, सोमबार
  • 2147 पटक पढिएको

म्याग्दी २० माघ । म्याग्दीको मालिका गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी माघ २२ गतेदेखी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता वडा नं ६ स्थित जनप्रिय माविको खेलमैदानमा संचालन हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्र रहेका ११ माध्यमिक विद्यालयहरुले सहभागिता जनाउने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो । उहाँका अनुुसार प्रतियोगिता संचालनका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

विद्यार्थीमा रहेको प्रतिभाको उजागर तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष रोका मगरले बताउनुभयो । प्रतियोगितामा कवड्डी महिला ÷पुरुष भलिबल, महिला÷पुरुष तथा एथलेटिक्स अन्तर्गत विभिन्न विधाका खेलहरु हुनेछन ।