म्याग्दी जेसीज २०२० को निर्वाचित टिमले पदभार ग्रहण

  • १८ माघ २०७६, शनिबार
  • 2072 पटक पढिएको

म्याग्दी, १८ माघ । युवाहरुको क्षमता र नेतृत्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको २०२० को निर्वाचित समितिलाई पदभार हस्तान्तरण गरिएको छ। संस्थाको २१ औँ शाखा अधिबेशनबाट सन २०२० को शाखा अध्यक्षमा सुजन बरुवालसहितको टिमले पदभार ग्रहण गरेको हो ।


टिमको कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, हरि भण्डारी, कानुनी सल्लाकारमा विरेन्द्र श्रेष्ठ, महासचिवमा सुमन बानियाँ, कोषाध्यक्षमा निर्मल खत्री सह–सचिवमा नेत्रराज सुवेदी, सह–कोषाध्यक्षमा कृष्ण विश्वकर्मा, शाखा सम्पादकमा विष्मा श्रेष्ठ, थिम डिरेष्कटरमा श्याम सुन्दर कडेल र तालिम संयोजकमा सुमन श्रेष्ठ मनोनित गर्दै पदभार ग्रहण गरेका छन् । उपाध्यक्षहरुमा सुनिता श्रेष्ठ, कुमार बानियाँ, इन्द्रबहादुर विश्वकर्मा र दिनेशकुमार विश्वकर्मा निर्वाचित भएका थिए ।


सन २०१९ का अध्यक्ष खमबहादुर थापामगरले सपथ ग्रहण गराउदै २०२० का अध्यक्ष बरुवालाई नेतृत्व हस्तान्तरण गरेका थिए । थापाले जेसिजको विभिन्न पदमा रहेर काम गर्ने जेसिज सदस्यहरुलाई उतकृष्ट अवार्डहरु वितरण गरेका थिए । उतकृष्ट कार्यक्रम संयोजक हरिभण्डारी उतकृष्ट साधार सदस्य दिनेशकुमार विश्वकर्मा र उतकृष्ट रुईसे अवार्ड सन्दिप खत्रीलाई दिदै सम्मान गरिएको थियो । अध्यक्ष थापाले बर्ष २०१९ मा भएका गतिविधिहरुको जानकारी गरेका थिए।


पदभार हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले २०२०को निर्वाचित टिमलाई बद्याई गर्दै जिल्लाको विकासमा रचनात्मक काम अघि बढ्न आग्रह गरेका थिए । उनले जेसिजले युवाहरुको प्रतिभालाई उजागर गर्न सहयोग पु¥याएको बताए । कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, नेपाली काग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, निरुपित राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह ठकुरी, म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ र नेपाल जेसिजका पुर्व अध्यक्ष धन्नजयकुमार श्रेष्ठ लगायतका पुर्व अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।


सन २०२० को नेतृत्व समाल्दै नवनिर्वाचित अध्यक्ष बरुवालले संस्थाको गरिमालाई थप उचाईमा पु¥याउँदै जेसीज अभियानलाई प्रभाबकारी बनाउन लागीपर्ने प्रतिबद्धता जनाएका थिए उनले बोर्डका पदाधिकारी सहित साधारण सदस्य र पूर्व अध्यक्षहरुसंगको साथ र सहकार्यलाई बलियो बनाउँदै युृवाहरुको नेतृत्व र व्यक्तित्व विकाससंगै जिल्लाको सकारात्मक काममा लागि पर्ने बताए ।