अन्नपूर्ण पर्यटन महोत्सवकोे तयारी पुरा

  • १५ माघ २०७६, बुधबार
  • 1952 पटक पढिएको

 

म्याग्दी १५ माघ । जिल्लाको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । अन्नपूर्ण प्रथम हिमाल अवस्थित वडा न. ४ मा पर्ने नारच्याङको बेशी गाँउमा माघ गतेसम्म महोत्सव र प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष डमबहादुर पुनले बताए ।


महोत्सव तथा प्रतियोगिताको मञ्च व्यवस्थापन, खेलमैदान निर्माण, प्रचारप्रसार लगायतका तयारी पुरा भएको आयोजकले जनाएका छन् । महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा उद्घाट्न गरिने छ । महोत्सव स्थलमा कृषि, पशुजन्य र घरेलु उद्योगका उत्पादनको प्रर्दशनी गरिने गाउपालिकाका उपाध्यक्ष केशमाया मगरले बताईन ।

वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने खेलकुद तथा सांस्कृतिक उपसमिति संयोजक ओमप्रकाश फगामीले बताउनुभयो । सबै प्रतियोगितामा सहभागि हुने गाउपालिका भित्रका ८ वटा वडाका खेलाडीहरु नारच्याङ पुगेका छन् ।

पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आर्थिक संयोजक आत्म तुलाचनले बताए श्र

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पीङ साइटहरु निर्माणका साथै नक्सा तयार पारिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।