१४ करोड २० लाख राजश्व संकलन
- १४ माघ २०७६, मंगलवार
- 1998 पटक पढिएको
म्याग्दी, १४ माघ । म्याग्दीमा साउन देखि पुष मसान्तसम्म १४ करोड २० लाख ९८ हजार ६०२ रुपैयाँ राजश्व संकलन भएको छ । कोष तथा नियन्त्रक कार्यालय म्याग्दीको अनुसार संघतर्फबाट १२ करोड ४ लाख ४५ हजार ९४५ रुपैया राजश्व संकलन छ, भने प्रदेशतर्फ २ करोड १६ लाख राजश्व संकलन भएको कोलेनिका कम्प्युटर अपरेटर टेकबहादुर थापाले जानकारी दिनुभयो ।
गत आर्थिक बर्ष १४ करोड राजश्व संकलन भएको थियो । भने यसबर्ष ६ महिनामा गत आर्थिक बर्षको भन्दा बढी राजश्व संकलन भएको छ। संघ र प्रदेशको विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको छ ।
राजश्व जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला ट्राफिक, घरेलु उद्योग विकास समिति, बन लगायतको कार्यालयबाट राजश्व संकलन हुन्छ ।