म्याग्देली गायक हेमन्तले ल्याए मनछुने भाकामा ‘मरेछन नी लाहुरे’ (भिडियो सहित)

  • ३ माघ २०७६, शुक्रबार
  • 4035 पटक पढिएको

म्याग्दी ३ माघ । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले लाहुरेहरुको जिवनकथालाई समेटेर ‘मरेछननी लाहुरे’बोलमा तयार गरिएको मार्मिक गीतलाई बजारमा ल्याएका छन् । भारत, बेलायत लगायतका मुलुकमा भर्ति हुने लाहुरे युवाहरुमध्ये लडाईमै ज्यान गुमाउन विभस लाहुरेको कथाबस्तुलाई समेटेर तयार पारिएको गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।

म्याग्दीको मालिका गाउँपालिका– ४ ओखरबोट जन्मिएर हाल काठमाण्डौमा गीत संगीतको क्षेत्रमा सक्रिय रहेका गायक रसाईलीको स्वरमा तयार गरिएको गीतमा दुस्मनसंगको लडाईमा ज्यान गुमाउने युवा र उनका परिवारका बेदनालाई समेट्ने कोसीस गरिएको छ । गायक रसाईलीले कर्खा लगायतका मौलिक गीतहरु बजारमा ल्याउने गरेका छन् ।

सपना रसाईलीको शब्द संकलन रहेको मरेछन्नी लाहुरे गीतमा गायक रसाईलीको स्वर र संगीत रहेको छ भने म्युजिक भिडियोमा गायक रसाईली, दुर्गा सापकोटा, खेम घर्ति, कृष्ण खड्का, आरुष भुषाल लगायतको अभिनय रहेको छ । रमेश विक रसाईलीको निर्देशन र विवेक विकको छायांकनमा म्युजिक भिडियो तयार गरिएको हो ।