बुद्ध बहुउदेश्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ चयन

  • ३ माघ २०७६, शुक्रबार
  • 2038 पटक पढिएको

म्याग्दी ३ माघ ।  बेनीमा रहेको बुद्ध बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रमोद श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको २० औँ बार्षिक साधारण सभा तथा छैठौँ अधिबेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो ।


समितिको निवर्तमान अध्यक्षमा बिजयकुमार श्रेष्ठ, उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिबमा अम्बिक श्रेष्ठ, कोषाध्यक्षमा रामकृष्ण बराईली,उपसचिबमा उत्तम कर्माचार्य लगायत रहनुभएको छ । सदस्यहरुमा नारायण प्रसाद श्रेष्ठ, चन्द्रप्रकाश बराईली, तमन पुन, बाबुराम रेग्मी रहनुभएको छ ।


त्यसैगरि हेमन्त थापा संयोजक , बम बहादुर पुन र कुविर श्रेष्ठ सदस्य रहनुभएका लेखा समिति, प्रदिपकुमार श्रेष्ठ संयोजक, राजेन्द्र कुमार श्रेष्ठ र अमर बानियाँ सदस्य रहनुभएको ऋण उपसमिति समेत गठन गरिएको छ ।