म्याग्दी र मुस्ताङको सिमा विवाद समाधान गर्न दुबै पक्ष सहमत
- २४ पुष २०७६, बिहीबार
- 2549 पटक पढिएको
बेनी, २४ पुस । म्याग्दी र मुस्ताङ जिल्लाबिच देखिएको सिमा विवाद समाधानको लागि दुबैपक्षबिच सझदारी भएको छ । बर्षौदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको सिमा क्षेत्रमा बिवाद रहँदै आएको छ । बुधवार दुबै जिल्लाका सरोकारवालाहरुको बृहत छलफलबाट नापि विभागको नक्सा बमोजिम विवाद सुल्झाउने समझदारी भएको हो ।
सरोकारवालाहरुको टोलीले विवादित क्षेत्रको स्थलगत अवलोकन गर्दै यथासक्य चाँडो विवाद समाधानको लागि नापि विभागको नक्सालाई आधार मानेर सिमा निर्धारण गर्ने निचोडमा पुगेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार, विभागको नक्सा बमोजिम कालिगण्डकीको तीरदेखि धवलागिरी हिमालको फेदीसम्मै सिमा निर्धारण गर्ने सहमती भएको छ ।
भेलाबाट दुई जिल्लाबाट दुई/दुई जनाको संयुक्त टोली विभागमा पठाउने निर्णय समेत भएको छ । सो टोली विभागमा गएर वास्तविक नक्सा ल्याएपछि स्थलगत अध्ययन गरि सिमा विवादलाई समाधन गरिने जनाईएको छ । अहिले मुस्ताङले बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बाँदरजुंगभिरको झोलुंगेपुल यताको तुरतुरे धारा सिमाना भएको दावि गर्दै आएको छ भने म्याग्दीले भने पुलदेखि मुस्ताङतर्फ रहेको खोल्सालाई सिमाना रहेको दावि गर्दै आएको छ ।
खासगरि दुई जिल्लाको सिमा एकिन नहुँदा माथिल्लो बुकि क्षेत्रको जडिबुटी संकलन, र चरण क्षेत्रमा स्थानीयबिच मनमुटान हुँदै आएको छ । बुधवार म्याग्दीका जिसस प्रमुख केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन, मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, मुस्ताङका प्रजिअ बेदप्रसाद अर्याल, दुबै जिल्लाका नापि अधिकृत, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र सम्बन्धित वडाका जनप्रतिनिधि र अगुवाहरुको छलफलबाट सिमा विवादलाई निष्कर्षमा पु¥याउने समझदारी भएको हो ।
Ho yo kura final garnu parchha mustang le myagdi ko siman dherai pahile dekhi harmo ho bhani dani garne ra chimkhola Delhi mathiko bugine harmo ho bhaner bhanirakho chha.yasko janakari sabailaai hunupar6.