बेनीमा माघेसक्रान्ति मेला हुने

  • २३ पुष २०७६, बुधबार
  • 3889 पटक पढिएको

म्याग्दी, २३ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको मेलाले यस बर्षपनि निरन्तरता पाउने भएको छ । म्याग्दी उद्योग वाण्ज्यि संघ अन्तरगत महिला उद्यम विकास समितिले पर्वको अवसरमा दुईदिने माघे सक्रान्ति मेला आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर यही पुस २९ र माघ १ गते माघेसक्रान्ति पर्वको अवसरमा मेला आयोजना गरिएको महिला उद्यम विकास समिति सभापति मेलाकी मूल संयोजक सुनिता केसीले बताईन ।


ब्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गरौ भन्ने मुल उद्देश्यसहित आयोजित मेलामा भ्रमणबर्ष लक्षित खुल्ला लोकगित, खुल्ला एक लोकनृत्य, अन्धनिशानी, महिला/पुरुष छेलो फाल्ने, महिला /पुरुष लठो तान्ने प्रतियोगिता आयोजना गरिएको सभापति केसीले जानकारी दिईन । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकाहरुको सांगितिक प्रस्तुती राखिएको छ । मेलामा जिल्लाको कृषि प्रर्दशनी, जातिय पहिचान झल्कने भेषभुषा प्रर्दशनी लगायतको कार्यक्तम मेलामा प्रस्तुत हुने मुल संयोजक केसीले जानकारी दिईन ।


खुल्ला मञ्चमा हुने मेलामा आयोजित प्रतियोगिताहरु खुल्ला एकल नृत्यमा प्रथम द्धितिय तृतिय पुरस्कार क्रमश ५ हजार, ३ हजार, २ हजार सान्त्वना १ हजार रहेको छ। खुल्ला लोकगितमा क्रमश १० हजार, ७ हजार, ३ हजार र १ हजार रुपैया पुरस्कार रहेको छ। खुल्ला अन्धनिशानीमा १ हजार रुपैया, छेलोमा २ हजार, लठोमा ५ हजार रुपैया प्रथम पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ ।

म्याग्दी उद्योग वाण्ज्यि संघका अध्यक्ष उत्तम कर्माचार्यले भ्रमण बर्ष २०२० लाई लक्षित गरेर आयोजित माघेसक्रान्ति मेलालाई सफल बनाउन स्थानीय सरकार, ब्यवसायी, उद्यमी र विभिन्न संघसंस्थाको सहयोग आवश्यक रहेको बताए । पत्रकार सम्मेलनमा संघका निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, द्धितीय उपाध्यक्ष राजेश शाक्य, महासचिव लिलाराम गौतम र उधम विकास समितिका कार्यसमितिको उपस्थित रहेको थियो ।

मेलाको आम्दानी खर्च अनुमानित ९ लाख ३५ हजारको सार्वजनिक गरेका छन् । समितिकी सचिव विष्णुकुमारी गुरुङको संचालनमा भएको पत्रकार सम्मेलनमा मेलालाई सफल बनाउन १२ ओटा उपसमिति गठन गरेका छन् ।