चालक सहित डोजर पुरियो

  • २१ पुष २०७६, सोमबार
  • 4616 पटक पढिएको

म्याग्दी,२१ पुस । म्याग्दीको धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिदा चालक वेपत्ता भएका छन् । हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान एक्साभेटर पुरिएको हो ।
सडक माथिबाट खसेको पहिरोले पुरिएर चालक धवलागिरी गाउपालिका–४ खिवाङका अन्दाजी ४० वर्षका शेरबहादुर पुन वेपत्ता भएको घटनास्थल पुगेका हिलापोखरी स्थित जगन्नाथ आधारभूत विद्यालयका शिक्षक भेषनाथ गौतमले बताए ।
स्थानीयबासी र ताकम प्रहरी चौकीको टोलीले पहिरो पन्छाएर वेपत्ता पुनको खोजिको तयारी भएको वडा अध्यक्ष कलानिधी शर्माले बताए ।