उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र याढवले दिए राजीनामा

  • ८ पुष २०७६, मंगलवार
  • 1780 पटक पढिएको

काठमाडौँ, ८ पुष । उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबानर एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए। वर्तमान सरकार संविधान संशोधनका लागि तयार नभएको भन्दै उपप्रधानमन्त्री यादवले राजीनामा दिएका थिए ।