९५ जना चिनियाँ नागरिक पक्राउ

  • ७ पुष २०७६, सोमबार
  • 1421 पटक पढिएको

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ९५ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।  नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको बताए ।
प्रहरीले के कस्तो गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्नेबारे केही खुलाएको छैन । पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरुबाट ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको बताइएको छ ।