६ स्थानीय तहमा नेपाली कांग्रेस म्याग्दीको नेतृत्व चयन
- ७ पुष २०७६, सोमबार
- धिरन खत्री
- 1964 पटक पढिएको
म्याग्दी, ७ पुष । नेपाली काग्रेस म्याग्दीले जिल्लाको ६ स्थानीय तहमा सभापति चयन गरेको छ । नेपाली काग्रेस जिल्ला कार्यसमितिको अधिकार स्थानीय तहमा पु¥याउन एक नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लामा अधिवेशन गर्दै पालिकामा नेतृत्वलाई पुर्णता दिएको हो । स्थानीय तहमा अधिवेशन सम्पन्न गर्नेमा नेपाली काँग्रेस म्याग्दी पहिलो भएको सह–सचिव भरत रकालले बताए । जिल्ला कार्यसमितिले प्रथम नगर अधिवेशनबाट बेनी नगरपालिकाको सभापतिमा अनोद श्रेष्ठ सर्वसम्मत चयन गरेको छ। नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा यामबहादुर बानियाँ, सचिवमा हरिप्रसाद पौडेल, उमा शर्मा रिजाल, सहसचिव बद्री पौडेल सहित २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
त्यस्तै अधिवेशनबाट मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन, उपसभापतिमा पिपला बुढा र हिमाल गुरुङ, सचिवद्धयमा लोक पुन र तारा रोका र कोषाध्यक्षमा विरेन्द्र किसान सर्वसम्मत कार्यसमितिमा चयन भएका छन् । मगंला गाउँपालिकाको सभापतिमा नरसिँहबहादुर केसी, उपसभापतिमा दिलबहादुर किसानर शर्मिला थापा खाती, सचिवद्धयमा श्रीराम पौडेल, नरबहादुर पुर्जा र कोषाध्यक्षमा दिल पाईजा चयन भएका छन् । रघुगंगा गाउँपालिकाको सभापतिमा जीवन मल्ल, उपसभापतिमा गमान छन्त्याल, सचिवमा मनकुमार शेरपुञ्जा, सहसचिवमा सिता खड्का र कोषाध्यक्षमा ओमकुमारी फगामी रहेका छन् ।
अन्नपुर्ण गाउँपालिकाको सभापतिमा बेलबहादुर पुर्जा, उपसभापतिमा अनिल हिराचन र बलबहादुर तिलिजा, सचिवमा सुजन बरुवाल र सुरेन गुरुङ, कोषाध्यक्षमा सोमप्रसाद पुर्जा रहेका छन् । त्यस्तै धौवलागिरि गाउँपालिकाको सभापतिमा प्रेमबहादुर पुन, उपसभापतिमा अम्मर छन्त्याल, सचिवमा टेकबहादुर सिंकिजा धनबहादुर रोका रहेका छन् । त्यस्तै नेपाली काँगेस निकट नेपाल विद्यार्थी संगठन म्याग्दी शाखाको १२ औ जिल्ला अधिवेशनबाट सभापतिमा निर्मल खत्री रहेको नया कार्यसमिति चयन गरेको हो ।
पालिकामा निर्वाचित समितिले वडातहमा संगठन विस्तार तथा सदस्यता वितरण लगायतको कामलाई तिव्रता दिने जिल्ला सह–सचिव रकाले जानकारी दिए ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l