पत्रकार साधन राम्जाली विएण्ड वि फाउण्डेशनबाट सम्मानित

  • १ पुष २०७६, मंगलवार
  • 1671 पटक पढिएको

म्याग्दी, १ पुष । म्याग्दीमा क्रियाशिल पत्रकार साधन घर्ति मगरलाई वि एण्ड वि फाउण्डेशनबाट सम्मानित भएका छन् । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट घर भउर हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन मगर र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित फाउण्डेशनबाट राम्जालाी सम्मानित भएका हुन् ।


सिद्धार्थ माविको आयोजना तथा फाउण्डेशनको प्रायोजनमा सोमबार आयोजित सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा राम्जालीलाई मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र फाउण्डेशनका संस्थापक सदस्य बागबिर चोचाङ्गी पुन मगरले नगद दश हजार रुपैयाँसहति सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
पत्रकार राम्जाली म्याग्दी न्युज डटकम ,आदर्श समाज राष्ट्रिय दैनिक ,फेवा टेलिभिजन ,नाइस टेलिभिजन लगायत विभिन्न संचार माध्यममा आवद्ध रहेका छन् । पत्रकारिता माध्यमबाट ग्रामिण क्षेत्र देखी देशविदेशसम्म सूचना प्रवाहमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।