सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण

  • १ पुष २०७६, मंगलवार
  • 1823 पटक पढिएको

म्याग्दी, १ पुष । जिल्लाको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीहरुलाइ पुरस्कार र शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण र शैक्षिक सामाग्री वितरण गरिएको हो ।


विद्यालयको आयोजना तथा फाउण्डेशनको प्रायोजनमा सोमबार सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत दुई जना जेहेन्दार तथा गरिब विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले दश हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो । भने कक्षा एक देखी दश सम्म अध्ययनरत करिब दुई सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर,फाउण्डेशनका संस्थापक सदस्य बागबिर चोचाङ्गी पुन मगर ,अभिभावकद्धय तमबहादुर पुन मगर र नरबहादुर पुन मगरले पुस्कार तथा शैक्षिक सामाग्री वितरण गरेका थिए ।


गाउँपालिकाका अध्यक्ष रोका मगरले पुरस्कार तथा शैक्षिक सामाग्री वितरण गर्नुहुँदै विदेशमा बसेर पनि राज्यले लिनुपर्ने दायित्व व्यक्तीले लिएको भन्दै धन्यवाद दिएका थिए । प्रवासमा रहेका म्याग्दीलीहरुले जिल्लाका शैक्षिक ,सामाजिक ,स्वास्थ्य तथा विभिन्न आपतविपतमा पु¥याएको योगदान उदाहरणिय भएको उल्लेख गरे । ग्रामिण भेगमा रहेका विद्यालयहरुलाई राज्यको वेवास्ताका कारण स्थानीयलाई विद्यालय संचालनमा ठुलो आर्थिक समस्या हुने गरेको बताए ।


कार्यक्रमममा फाउण्डेशनका संस्थापक सदस्य बागबिर चोचाङ्गी पुन मगरले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग गर्न तथा विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालय भर्ना गर्न प्रोत्साहन गर्ने उद्धेश्यले फाउण्डेशन स्थापना गरिएको बताए । कार्यक्रममा मोना युकेका संस्थापक एवम् श्री सिद्धार्थ अक्षयकोषका अध्यक्ष दलमान पुन ,समाजसेवी एवम् विद्यालयका पुर्व अध्यक्ष तमबहादुर पुन ,विद्यालयका प्रअ ललितबहादुर घर्ति मगर ,नेकपाका नेता एवम् समाजसेवी रेशम पुन मगर,समाजसेवी मेखबहादुर पुन, प्रेम सिउँथानी ,भिजेन्द्रमान पुन लगायतले मन्तब्य राखेका थिए ।

साथै सोही कार्यक्रममा पत्रकार साधन घर्ति मगरलाई पत्रकारिता माध्यमबाट ग्रामिण क्षेत्र देखी देश विदेशसम्म सूचना र संचार क्षेत्रमा योगदान पु¥याएवापत सम्मानपत्र र दश हजार रुपैयाँ सहित फाउण्डेशनले सम्मान गरेका थियो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर घर्ति मगरको अध्यक्षता, शिक्षक छकप्रसाद घर्ति मगरको संचालन तथा शिक्षक प्रदिप पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।