घनश्याम र जस्मिनको स्वरमा ‘माकुराको जालोमा’ रविना र राम्जीको छमछमी (भिडियो सहित)

  • ३० मंसिर २०७६, सोमबार
  • 3263 पटक पढिएको

म्याग्दी ३० मंसिर । मायाँ प्रेमलाई कथाबस्तु बनाएर तयार गरिएको ‘माकुराको जालो’ बोलको लोकदोहोरी गीत सार्वजनि भएको छ । गायक घनश्याम रिजाल र जस्मीन गुरुङको स्वर रहेको सो गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।

मौलिक भाकामा तयार भएको सो गीतको म्युजिक भिडियोमा म्याग्देली चर्चित मोडल रविना भण्डारी र रामजी खाँडको अभिनय रहेको छ ।

राजन कार्कीको संगीत, सर्जक घनश्याम रिजालको लय सिर्जना रहेको सो गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन र विष्णु शर्माले सम्पादन गरेका हुन् ।