सरकार गफमा भुल्यो, काँग्रेस गुटमा अल्झियोेः काँग्रेस नेता महत
- ३० मंसिर २०७६, सोमबार
- 1922 पटक पढिएको
म्याग्दी, ३० मंसिर । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले अहिलेको वर्तमान सरकार काम भन्दा गफ बढि गर्दै हिडेको आरोप लगाउनुभएको छ । सोमबार नेपाली काँग्रेस म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दुई तिहाईको सरकार यस अघिका गठबन्धन सरकारको भन्दा कम काम गरेको तर गफ भने ठूला ठूला लाउदै हिडेको बताउनुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका महतले आर्थिक रुपमा देश समृद्ध बन्नेमा अहिलेको सरकारको काम गराई सैली देख्दा शंका लागेको बताउनुभयो । सरकारका मन्त्रीहरु काम नगर्ने तर गफ धेरै गर्ने ध्याउन्नामा लाग्दा देशको विकास पछाडी परेको उहाँले आरोप समेत लगाउनुभयो ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ताको समस्या समाधान गर्न सरकार असफल भएको महतको आरोप छ । सरकारले कुटनीतिक र राजनीतिक तबरले सीमा समस्या समाधान गर्नुपर्ने नेता महतले बताउनुभयो । नेता महतले नेपाली काँग्रेसको गुटले गर्दा पछाडी परेको बताउनुभयो । पार्टी गुटले गर्दा हरेक कुरामा असफल भएको र त्यसका लागी सबैले गुटको राजनिति त्याग्नुपर्ने बताउनुभयो ।
उहाँले केन्द्रीय कार्यसमितिले केही महिना अघि गरेको भातृ संस्थाहरुको अधिवेशन ६ महिना भित्र सक्ने निर्णय गरेपनी अहिले सम्म त्यो निर्णय कार्यन्वयन हुन नसकेको बताउनुभयो । अबको चुनावमा सबैले गुट त्यागेर लाग्ने हो, भने काग्रेस पार्टी पहिलो हुने उहाँको भनाई थियो । नेपाली काँग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बिरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व साँसद रेशम बहादुर बानियाँ, पूर्व सह–सभापती नेत्र बहादुर महत लगाएत बोल्नुभएको कार्यक्रमको सञ्चालन सचिव क्या मिन बहादुर कार्कीले गर्नुभएको थियो ।