नेपाली काँग्रेसको अन्नपूर्ण गाउँपालिका स्तरीय समिति गठन
- ३० मंसिर २०७६, सोमबार
- 1786 पटक पढिएको
म्याग्दी ३० मंसिर । नेपाली काँग्रेस म्याग्दीले स्थानीय तहमा पार्टीको संरचना निर्माण अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिकामा लेप्टेन बेलबहादुर पुर्जाको सभापतित्वमा २१ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । गाउँपालिका स्तरीय काँग्रेस अगुवा कार्यकर्ताहरुको भेलाबाट समितिको उपसभापतीमा अनिल हिराचन, क्याप्टेन बलबहादुर तिलिजा, सचिबमा सुजन बरुवाल, सुरेन गुरुङ,कोषाध्यक्षमा सोमप्रसाद पुर्जा, सहसचिबमा सिता विक, कुम बहादुर पुर्जा रहेका छन् ।
सदस्यहरुमा गंगाबहादुर थापा, नरजित गर्वुजा, रवि गर्वुजा, इन्द्रकुमार खड्का, रुपक पाईजा, टंकप्रसाद बुढाथोकी, खमबहादुर पुर्जा, गमबहादुर गर्वुजा, दिलबहादुर बरुवाल, तुलबहादुर गर्वुजा, पदम बहादुर पुर्जा चकमायाँ गर्वुजा, रुकबहादुर पुन रहेका छन् । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापती खमविर गर्वुजाले गाउँपालिकामा पार्टीको संरचनालाई थप बलियो बनाउने गरि क्रियाशिल बन्न नवनिर्वाचित कार्य समितिलाई निर्देशन दिएका थिए ।
काँग्रेस घार गाउँ समितिका सभापती रामबहादुर खड्काको अध्यक्षतामा भएको भेलालाई नेपाली काँग्रेस म्याग्दीका सचिब क्याप्टेन मिनबहादुर कार्की, गाउँपाकिला अध्यक्ष क्याप्टेन डमबहादुर पुन, काँग्रेस जिल्ला सदस्य कृष्णप्रसाद बरुवाल लगायतले सम्बोधन गरेका थिए ।