बेनीमा ज्योति लाईफ इन्स्योरेन्सको सेवा विस्तार

  • २८ मंसिर २०७६, शनिबार
  • 2421 पटक पढिएको

म्याग्दी २८ मंसिर । हिमाली जिल्ला म्याग्दीमा जिवन विमा गराउने कम्पनीहरुबिच सेवा विस्तारको लहर चलेको छ । पछिल्लो समय आफ्नो सेवालाई देशव्यापि बनाउने अभियान चलाएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले म्याग्दी सदरमुकाम बेनीमा उपशाखा विस्तार गरेको हो । शनिवार एक औपचारिक कार्यक्रम मार्फत उपशाखाको समुद्घाटन गरिएको हो ।


कार्यक्रममा कम्पनीका यरिया शेल्स म्यानेजर मेघराज खड्काले उपशाखाबाट जिवन विमा सेवाको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै खड्काले नयाँ कम्पनी भएपनि उत्कृष्ट सेवा र सुविधा सहित जिवन विमाको कार्यक्रम ल्याईएको बताए । उनले कुनैपनि कम्पनी नयाँ नभईकन पुरानो नहुने भन्दै विमितलाई उत्कृष्ट सुविधाहरु सहित आएको ज्योति लाईफ इन्स्योरेन्स मार्फत सेवा लिन आग्रह समेत गरे ।

कार्यक्रममा उपशाखा प्रमुख देवेन्द्र बहादुर घिमिरेले म्याग्दीका सर्वसाधारणलाई सरल र सहज रुपमा जिवन विमाको सेवा पु¥याउने ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले भरपुर प्रयास गर्ने प्रतिबद्धता जनाए । त्यसैगरि कार्यक्रममा कुस्मा उपशाखाका प्रमुख सञ्जय श्रेष्ठले सबैभन्दा धेरै घातक रोगहरुको उपचार सेवा दिने यस कम्पनीको बोनस दर समेत आकर्षक रहेकाले ज्योति लाईफको सेवाप्रति आकर्षण बढेको दावि गरे । देशभर ११० शाखा र उपशाखा रहेको यस कम्पनीले बागलुङमा शाखा र कुस्मामा समेत उपशाखा मार्फत सेवा प्रवाह गर्दै आएको छ ।