हिमाली जिल्ला म्याग्दीको उच्च भागमा हिमपात

  • २७ मंसिर २०७६, शुक्रबार
  • 2695 पटक पढिएको

म्याग्दी २७ मंसिर । हिमाली जिल्ला म्याग्दीको उच्च भागमा हिउँ परेको छ। गुर्जा हिमालको काखमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा र अन्नपुर्ण गाउँपालिका–६ पुनहिल घोडेपानी लगायतको क्षेत्रमा हिमपात भएको हो ।


अत्यधिक चिसोसंगै विहानदेखि हिउँ परेर गाउँनै हिउँले ढाकीएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
गुर्जा संगै म्याग्दीको प्रमुख पर्यटकियस्थल घोडेपानीमा हिउँ परेको छ । हिमपातसंगै परेको निरन्तर पानीले चिसो बढेपछि जिल्लाको जनजिवन प्रभावित भएको छ । तस्विर ः अन्नपुर्ण गाउँपालिका–६ घोडेपानीमा परेको हिउँ । सुरेन गुरुङ ।