नेबिसंघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री
- २६ मंसिर २०७६, बिहीबार
- 2744 पटक पढिएको
म्याग्दी, २६ मंसिर । नेपाल विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री चयन भएका छन् । नेपाली काँग्रेस निकट नेविसंघको विहिबार बेनीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे विक, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम चोखाल चयन भएका छन् ।
त्यस्तै समितिको सह– सचिवमा दिनेश विश्वकर्मा, आशिक भण्डारी, सविना बरुवाल, सह–कोषाध्यक्षमा सिजन शाही, छविलाल बुढा चयन भएका छन् । भने सदस्यहरुमा सविना मल्ल, कृष्ण परियार, बिक्रम आचार्य, मनप्रसाद श्रीपाली, सुर्दशन हमाल, राम पौडेल, एस्पिला बानियाँ, सपाना परियार, प्रोजन घिमिरे, विवस केसी, अभिनाष श्रेष्ठ, एलिजा राना, सनम बुढा, जुना बस्याल, हेम घर्ति मगर, पार्वती पुन, रजनी शाही, कृष्ण बिनियाँ, इन्द्र विश्वकर्मा, तलिता रसाईली, निशा खत्री, गणेश रिजाल र विवेक चन्द रिजाल रहेका छन् ।
