गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुन : केसी चयन

  • २५ मंसिर २०७६, बुधबार
  • 1963 पटक पढिएको

म्याग्दी २५ मंसिर । म्याग्दीको धार्मिक स्थल गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर केसी चयन भएका छन् । छैटौँ अधिबेशन तथा चौधौ कार्यकारी सभाबाट समितिको उपाध्यक्षमा भिमनाथ पराजुली, सविच माधवप्रसाद रेग्मी र कोषाध्यक्षमा बमबहादुर पुन चयन भएका छन ।

कोषको सञ्चालक समितिका सदस्यहरुमा पूर्ण बानियाँ,अम्मर बहादुर बस्नेत,हिराबहादुर बरुवाल, टिकादत्त सुवेदी, धनप्रसाद रोका, कुमारी रोका, प्रेमबहादुर चोखाल, आषिका पुर्जा र मनोज पौडेल रहेका छन । अधिबेशन तथा कार्यकारी सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले अलाकैकि तिर्थस्थलको रुपमा चिनिएको गलेश्वरको विकासमा आबश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कोषका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भिमनाथ प्रराजुलीको स्वागत सदस्य सचिव माधव रेग्मीको संचालनमा सम्पन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मन्तव्य राखेका थिए ।