शिख माविलाई झण्डा अड्याउने स्ट्याण्ड र युरोगार्ड उपहार

  • १७ मंसिर २०७६, मंगलवार
  • 1722 पटक पढिएको

 

सेते तिलिजा पुन
म्याग्दी, १७ मंसिर । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविलाई चन्दादाताहरूले झण्डा अड्याउने स्ट्याण्ड सहित युरोगार्ड उपहार दिएका छन् । शिखबासी तथा हाल पोखरा निवासी चन्दादाता पेस बहादुर पाइजाले झण्डा अड्याउने ६ वटा पोल, झण्डाहरू, गमलाहरू र युरोगार्ड पाइप विद्यालयलाई उपलब्ध गराएका हुन् ।


उनले ७८ हजार रूपैयाँ बराबरको सो सामग्री प्रदान गरेका थिए । स्वर्गिय बाआमा हर्कवीर पाइजा र स्व. इन्द्रदेवी पाइजाको पुण्य स्मृतिमा छोरी चन्द्रमा पाइजाले विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई सफा शुद्ध पिउने पानी प्रयोगका लागि युरोगार्ड ( पानी फिल्टर )  उपहार दिएका थिए ।