शिख माविको ६५ औं बार्षिकोत्सव सम्पन्न

  • १७ मंसिर २०७६, मंगलवार
  • 1748 पटक पढिएको

 

सेते तिलिजा पुन
म्याग्दी, १७ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविले ६५ औँ बार्षिकउत्सव विविध कार्यक्रम गर्दै सोमबार मनाएको छ। विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मीन बहादुर बुदुजाका अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्या डम बहादुर गर्वुजा पुनले गरेका थिए । विद्यालयको बार्षित गतिविधि प्रस्तुती तथा विभिन्न विधामा विद्यार्थीलाई छात्रवृति वितरण गरिएको थियो ।


कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक ओम प्रसाद फगामी, ५ का वडाअध्यक्ष दिनेश कुमार पुन, शिख्तानी पुन समाजका अध्यक्ष क्या बल बहादुर तिलिजा, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, अन्नपूर्ण गाउँपालिकाका शिक्षा शाखा संयोजक भरत कुमार पुनको उपस्थित रहेको थियो । सेते तिलिजा पुन र खेम बहादुर पाइजाको संचालनमा भएको कार्यक्रममा विद्यार्थीद्धारा नृत्य प्रस्तुती तथा शिखका आमासमुह र क्लवका सदस्यहरुको उपस्थित रहेको थियो ।