झाँक्रीपानीमा चितुवाबाट घरपालुवा जनावरमाथि आतंक

  • १६ मंसिर २०७६, सोमबार
  • 5536 पटक पढिएको

म्याग्दी १६ मंसिर । जिल्लाको मंगला गाउँपालिका–३ झाँक्रिपानीमा चितुवाले घरपालुवा जनावरमाथि आक्रमण गर्दै मार्न थालेको छ । चितुवाले आक्रमणबाट दैनिक बाख्रा, कुखुरा लगायतको जनावर मार्दै आएको स्थानीय दर्पण रोकाले जानकारी दिए ।


झाँक्रिपानीमा आईतबार बेलुका स्थानीय सोमबहादुर छन्त्यालको खोरमा चितुवाले तीन वटा बाख्रा मारेको छ । यसअघि सन्तोष थापाको ४ वटा र रनबहादुर रोकाको ८ वटा खसी, बोका र बाख्रा चितुवाले खाएको स्थानीय रोकाले जानकारी दिए। चितुवाको त्रासले स्थानीयहरु वनजंगलमा घाँस दाउरा काटन् जान सकेका छैनन् । चितुवा नियन्त्रण र क्षतिपुर्तिको माग कृषकले गरेका छन् ।
६५ घरधुरीको बसोबास रहेको झाँक्रीपानीमा जंगलबाट आहराको खोजीमा चितुवा गाउँ पसेपछि स्थानीयलाई त्रसित बनाएको छ।