एमाले–माओवादी गठबन्धनको चिमखोलामा आमसभा

  • २७ बैशाख २०७४, बुधबार
  • 3079 पटक पढिएको

म्याग्दी, २७ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त टोलिले बुधवार चुनाबी आमसभा सम्पन्न गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिकामा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिका प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका साझा उम्मेदवारहरुको प्रचार प्रसारको क्रममा सो आमसभा सम्पन्न गरिएको हो ।

एमाले चिमखोला गाउँकमिटीका अध्यक्ष धुव्र पाईजाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय पोलिटव्युरो सदस्य थममायाँ थापाले समग्र रघुगंगा गाउँपाकिलाको समृद्धिको लागि एमाले–माओवादी गठबन्धनलाई बिजयी गराउनुपर्ने बताउनुभयो । उहाँले गठबन्धनको विरुद्धका कुनै पनि भम्रमा नपर्न आग्रह गर्दै रघुगंगाको समृद्धि र विकासको योजनालाई दुत्र गतिमा अगाडी बढाउन गठबन्धनको बिजयी अपरिहार्य रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिब बालकृष्ण सुवेदीले गाउँपालिको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, जडीबुटी लगायतको क्षेत्रको विकास र प्रवद्र्धनको लागि एमाले–माओवादी गठबन्धन योजना सहित अगाडी बढेको भन्दै निर्वाचनमा मत दिएर बिजयी गराउन आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा रघुगंगा गाउँपालिकामा प्रमुखका उम्मेदवार एमालेका खिम शाही र उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि भण्डारीले गाउँपालिकाको समृद्धि र विकासका योजनाहरुलाई आफुहरुले प्रतिबद्ध भएर कार्यान्वयन गर्ने भन्दै निर्वाचनमा मत दिएर जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व गाविस अध्यक्ष नन्द प्रसाद पुन, नेकपा माओवादी केन्द्रकी नेतृ विष्सु सेन, वडा नम्बर ७मा वडा अध्यक्ष पदका उम्मेदवार ओम पुन, हस्त गर्वुजा , महिला सदस्यका उम्मेदवार देवि पाईजा, दलित महिला सदस्यका उम्मेदवार कुमारी नेपाली, वडा नम्बर ८ कुईनेमंगलेका वडा अध्यक्षका उम्मेदवार चन्द्रमान छन्त्यालले मन्तव्य राख्नुभएको थियो । वडा ७ का खुला सदस्यका उम्मेदवार गम पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा बाजागाजा सहित विविध साँस्कृतिक कार्यक्रम मार्फत अतिथिहरुलाई स्वागत गरिएको थियो ।