घारमा चुनाबी आसभा, आकस्मिक कोष स्थापना गर्ने वडाअध्यक्षको प्रतिबद्धता

  • २६ बैशाख २०७४, मंगलवार
  • 1961 पटक पढिएको

म्याग्दी, २६ वैशाख । नेपाली काँग्रेसको अन्नपूर्ण गाउँपालिका–६ घारमा मंगलबार चुनाबी आमसभा सम्पन्न भएको छ । निर्वाचन प्रचारप्रसार समितिका संयोजक नरबहादुर बरुवालको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् रेशम बानियाँले घार क्षेत्रको विकासका लागि काँग्रेसले विगत देखि नै महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए । नयाँ संविधानले गाउँको विकासका लागि थुप्रै अधिकार उपलब्ध गराएको भन्दै उनले त्यसको उपभोगका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।


उनले समृद्ध अन्नपूर्ण गाउँपालिकाका लागि गाउँपालिका प्रमुख, उपप्रमुख र हरेक वडामा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आब्हान समेत गरे । कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुखका उम्मेदवार क्या. डमबहादुर पुनले अन्नपूर्ण गाउँपालिकाको विकासका लागि आफुसँग स्पष्ट कार्ययोजना रहेको बताए । विद्यार्थी नेता सुन्दर बरुवालले स्वागत गरेको कार्यक्रममा वडा ६ का वडा अध्यक्ष उम्मेदवार कृष्ण बरुवालले आफु विजयी भए कुनैपनि सरकारी सुविधान उपभोग नगर्ने र वडामा आकस्मिक कोष स्थापना गर्ने बताए । कार्यक्रममा गाउँपालिका उपप्रमुखका उम्मेदवार केशमायाँ पूर्जा, नेपाली काँग्रेस म्याग्दीका सल्लाहकारसल्लाहकार दिलबहादुर बरुवाल, दलित सघ्र घारका अध्यक्ष मनबहादुर परियार लगायतका नेताहरुले आमसभालाई सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन सुजन बरुवालले गरेका थिए । यसैबीच काँग्रेसले पाउद्धारमा पनि चुनाबी आमसभा सम्पन्न गरेको छ ।